गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गण्डकी प्रदेशमा आईतबार १६ जना संक्रमित भएका छन् ।
बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ जना पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार बिहान जारी गरेको सूचना अनुसार बागलुङको गल्कोट नगरपालिकका ४ जना पुरुष, ढोरपाटन नगरपालिकाका १ जना पुरुष, काठेखोला गाउँपालिकामा ३ जना पुरुष र बागलुङ नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
म्याग्दीको रघुगगा गाउँपालिकाका २ जना महिला, मंगला गाउँपालिकाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
तनहुँको रिसिङ गाउँपालिकाका १ जना पुरुष र पर्वतको कुश्मा नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रबत्ता डा.विनोद विन्दु शर्माले बताए ।
सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





















