गोरखा समाचारदाता
गोरखा – शुक्रबार भीमेसन थापा गाउँपालिकामा कोरोना संक्रमणको पुष्टी भएका ब्यक्ति गाउँमा खुल्ला रुपमा हिडिरहेको फेला परेको छ ।
भीमसेन थापा गाउँपािलका ८ बोर्लाङका ति युवक क्वारेन्टाइनमा रहेको भनिएता पनि उनी गाउँमा नै युवा समूह बिचत रहेको पुष्टी भएको हो ।
पालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले गोरखा समाचारको जिज्ञासामा कोरोना संक्रमित ब्यत्ति क्वारिन्टीनमा रहेको जवाफ दिएको भएता पनि उनी संक्रमण पुष्टी भएको बिहान सम्म पनि गाउँका युवाहरु संग घुलमिल गरी रमाईलो गरी रहेको स्थानीयले बताए ।
क्वारिन्टीनमा रहेको दावी गरेका उनी केही अगाडी पनि दैनिक जसो समुहमा हिड्ने, खोलामा माछा मार्न जाने तथा भेला बैठक र भोज भतेरमा सहभागी भएको पाइएको हो ।
गएको जेठ २२ गते जिल्ला प्रहरी कार्यालय गोरखाबाट छुटेर बोर्लाङ महादेवटारमा रहेको घरमा आएका ति युवक गाउँका के कति मानिस संग घुलमिल भए त्यो भने अनुसन्धान पाटो भएको छ । अहिले उनी संघ घुलमिल गरेका सबै गाउँले त्रसित भएका छन् ।
उनी संगै प्रहरीको हिरासतमा रहेका १७ बर्षिय युवकमा कोरोना पुष्टी भएपछि ति युवकलाई पनि पिसीआर परीक्षणका क्रममा शुक्रबार कोरोना पुष्टी भएको थियो ।


