गोरखा समाचारदाता
काठमाण्डौं – शिक्षाविद् एवं समाजसेवी अंगुुरबाबा जोशीको ८९ वर्षको उमेरमा आज निधन भएको छ ।
गएको ३ सातादेखि छातीमा देखिएको संक्रमणका कारण उपचाररत जोशीको स्ट्रोकका कारण आज (शनिबार) काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो ।
काठमाण्डौं डिल्लीबजारकी अंगुुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् ।
उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित ४ सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन् । जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा शनिबार नै अन्त्येष्टि गरिने भएको छ ।


