गोरखा समाचारदाता
गोरखा – गोरखामा सनिबार ५ जना कोरोना संक्रमित पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिकाको एक क्वारिन्टीनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा संक्रमितको संख्या ४० पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सनिबार बिहान ६ः१५ बजे जारी गरेको सूचना अनुसार जिल्लाको भीमसेन थापा गाउँपालिकामा रहेको ५ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो ।
संक्रमितहरु ३६, ३३, २२, ३५ र २८ बर्षका पुरुषहरु रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रबत्ता डा.बिनोद बिन्दु शर्माले बताए ।
संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ र ८ का हुन् । पालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालका अनुसार संक्रमितहरु १ जना भीमसेन प्रावि बोर्लाङ र २ जना शान्तिमावि बगुवाको क्वारिन्टीनमा रहेका र २ जना भने घरमा नै सेल्फ क्वारिन्टीनमा बसेका ब्यत्ति रहेका छन् ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलशनमा ल्याउने तयारी भई रहेको पालिकाले जनाएको छ ।


