गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा सनिबार ५८ जनामा कोरोना संक्रण पुष्टी भएको छ ।
तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की र स्याङ्जामा गरी ५८ जनामा कोरोना संक्रमण भएको हो । यो संगै अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ४३८ पुगेको छ ।
गडण्की प्रदेश स्वास्थ्य निर्देशनालयले जारीगरेको सूचना अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ जनामा र बागलुङमा ८ जनामा संक्रम संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबत्ता डा.बिनोद बिन्दु शर्माका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २१ पुरुष, ब्यास र शुक्ला गण्डकी गाउँपालिकाका २÷२ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी नवलपुरको बुलिङटार गाउँपालिकाका ११ पुरुष, बौदीकाली, बिनयत्रिबेणी र देबचुली नगरपालिकामा १÷१ जना र मध्यबिन्दु नगरपालिकामा २ जनामा संक्रमण देखिएको पुष्टी गरेको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिका ५ जना पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका १ जना पुरुष छ्न भने कास्कीको मादी गाउँपालिकामा १ जना पुरुष र १९ महिनाकी एक सानी बालिकामा कोरोना संक्रमण देखिएको छ ।
उता स्याङजाको पालिका नखुलको १ जना पूरुषमा र बागलुङको काठेखोला गाउँपालिकामा १ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयको सूचनामा भनिएको छ ।
सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


