गोरखा समाचारदाता
काठमाण्डौं – लेखा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब पनि माग गरेको छ ।
सरकारले कोरोना महामारी नियन्त्रणमा हालसम्म १० अर्ब रुपैयाँ खर्च भएता संगै यो बिषयले संददमा प्रवेश पाउनुका साथै दिन दिनै सडक आन्दोलन भई रहेको थियो ।
‘१० अर्बको विवरण मगाएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । सभापति शाहले भने, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको भनिएको १० अर्ब लगायत सबै खर्चबारे प्रधानमन्त्री कार्यालयलगायत सबैसँग विवरण माग गरेका छौं । कतिपय आएको छ । कतिपय बाँकी छ । सबै संकलन गरेर समितिलाई प्राप्त अधिकार र कानुनबमोजिम अध्ययन गरेर निर्णय लिईन्छ ।’
उता नेपाली सेनाले समेत औषधि खरिद गर्दा महँगोमा खरिद गरेको भन्ने सूचना आएका कारण सेनासँग पनि विवरण मागिएको समितिले जनाएको छ ।


