गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार ४२६ जना संक्रमित भएको पुष्टी भएको छ ।
देशका विभिन्न जिल्लामा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ८ हजार २७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिए संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
नियमित पत्रकार सम्मेलनमा प्रबत्ता डा.गौतमले नेपालमा हालसम्म १ हजार ४०२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यस्तै गरी शुक्रबार मात्रै २१६ जनालाई उपचार पछि घर फर्काएको छ ।




















