गोरखा समाचारदाता
पोखरा – शुक्रबार बिहान गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङ, कास्की, स्याङजा र नवलपुरमा जिल्लाको क्वारिन्टीनमा बसीरहेका हरुलाई संक्रमण पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा बिनय त्रिवेणी गाउँपालिकाका २८ र २० बर्षका २ पुरुष, बाग्लुङमा गलकोट नगरपालिका ३५, ३८, ३०, २२, १९ र ४५ बर्षका पुरुष र ४२ र २० बर्षकी महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
त्यस्तै गरी गरी बाग्लुङकै काठेखोला गाउँपालिकामा पनि संक्रमण देखिएको छ । काठेखोलाका गाउँपालिकाका ६ जनामा संक्रमण देखिएको हो । उनीहरु २४, २९, २२, २०, २३ र २९ बर्षका पुरुषहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले आज (शुक्रबार) बिहानै सूचना प्रकाशन गरी कास्कीको पोखरा उप महानगर पालिका २ र ३ का ५ जनामा संंक्रमण देखिएको जानकारी दिएको छ । ४१, १९, १९, ३० र ५६ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।
उता कास्कीकै रुपा गाउँपालिकामा पनि संक्रमित फेला परेको छ । गाउँपालिकाको १ नम्बर वडामा ४५ बर्षिय एक पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी स्याङजाको कालिगण्डकी गाउँपालिका र अर्को पालिका नखुलेको २ जनामा संक्रमण भेटिएको छ । ३६ र ६३ बर्षिय पुरुष संगै शुक्रबार गण्डकी प्रदेशमा २४ जनामा संक्रमण देखिएको हो ।
पिसिआर संकलन गरेको १ सातासम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु अत्तालिन थालेकाृ भन्दै गण्डकी प्रदेश सरकारले अर्को नयाँ पिसिआर मेशिन खरिद प्रकृयाको थालनी गर्न थालेको छ । प्रदेशमा अहिले २ वटा मेशिनले दैनिक रुपमा २४सैं घण्टा काम गर्दा पनि राम्रो नतिजा दिन नसकेको भन्दै मेशिन खरिद प्रकृया थाल्न लागेको हो ।




















