गोरखा समाचारदाता
गोरखा – गोरखामा आज संक्रमण देखिएकाहरुलाई क्वारिन्टीनमा नै राखिएको छ ।
आज (बिहीबार) बिहान संक्रमण देखिएका ११ जनालाई आईसोलेशनको अभाव भए पछि उनीहरुलाई क्वारिन्टीनमा नै राखिएको हो ।
बिहिवार बिहान ५ः४५ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार पालुङटार नगरपालिमामा १ महिला सहित ७ जना र शहिद लखन गाउँपालिकामा ४ पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
कोरोना संक्रमितको संख्या थपिन सक्ने भन्दै कमाण्ड पोष्टले सदरमुकाममा रहेको गोरखा क्याम्पसमा जेष्ठ २९ गते देखी १०० वेडको आईसोलेशन बनाउने कार्यको थालनी भएको थियो । तर १ साता बितीसक्दा सम्म पनि आईसोलेशन तयार हुन नक्सदा संक्रमितलाई क्वारिन्टीनमा नै राखिएको छ ।
आईसोलेशन निर्माणको जिम्मा पाएको रण सिंह दल गणले भने पर्याप्त सामाग्री नआएका कारण निर्माैणमा समस्या आएको जनाएको छ । हाम्रा म्यानपावर सबै रेडीछन् तर सामान नआएका कारण निर्माणमा समस्या भएको भन्छन् गणपती उज्वल केसी ।
केसीले ‘केही सामान आएको छ भन्ने जानकारी पाएका छौ । भोली बिहानै देखी हाम्रा जवानहरु काममा खटिने छ । सामान पुरा भएको खण्डमा हामी भोली दिउसो सम्ममा आईसोलेशनको काम सक्ने’ बताए ।
आईसोलेन निर्माण गर्नकै लागि जिल्ला भित्रका सवै पालीकाले ५ लाखका दरले रकम प्रदान गर्ने सहमती २ साता अगाडी नै भएको हो । जिल्ला भित्र रहेको ११ पालिकाले उत्त आईसोलेशनका लागि लगानी गरेका छन् ।
यस अघि पनि जिल्ला ३ चरणमा देखिएका २४ जनालाई भने गोरखा अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार भई रहेको छ । अस्पतालमा पहिलो १० र पछि १५ वेड थप गरी २५ वेडको आईसोलेशन वार्ड तयार गरिएको हो ।




















