नयाँ नक्साले संवैधानिकता पायो
गोरखा समाचारदाता
काठमाण्डौं – नेपालको नयाँ राजनैतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर बनाईएको नयाँ नक्साले बिहिबार मान्यता पाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई प्रमाणिकरण गरेकी हुन् ।
यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।





















