गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएको छ । आज मात्रै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा अब कोरोना संक्रमणको संख्या ७ हजार ८४८ पुगेको छ ।
आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले देशको विभिन्न जिल्लामा गरी ६७१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।



