गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा थप २ जनाको ज्यान गएको छ ।
बुधबार साँझ कैलालीको गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुष र बुधवारै कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको ज्यान गएको हो । यो संगै अब नेपालमा कोराना संक्रमणबाट ज्यान जानेको संख्या २२ पुगेको छ ।
शनिवार रातिदेखि सेती अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुषको र कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको नेपालगञ्ज मेडिकल कलेजले पुष्टी गरेको हो ।




















