गोरखा समाचरदाता
गोरखा – गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा गरी ११ जनामा कोरोना संक्रमणम देखिएको हो । यो सहित अब गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय रामघाट पोखराले आज (बिहीबार) बिहान ५ः४५ बजे प्रकाशित गरेको सूचना अनुसार गोरखाको पालुङटारमा ४६, ४५, ४३, २८, २३ र ४१ बर्षका पुरुष र ४० बर्षकी एक महिलामा संक्रमण देखिएको छ । त्यस्तै गरी शहिद लखन गाउँपालिकाको ५४, ३१, ३८ र २७ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवत्ता डा.बिनोद बिन्दु शर्माका अनुसार गोरखा जिल्लामा कोरोना संक्रमण देखिएका सबै जना भारतबाट केही दिन अगाडी आएर सम्वन्धीत पालिकाको क्वारिन्टीनमा बसेकाहरु भएको जानकारी दिए ।
यस अघि पहिलो पटक १० जना, दोस्रो पटक ४ जना र तेस्रो पटक १० जना गरी २४ जनालाई गोरखा अस्पतालको आईसोलेशनमा राखि उपचार भई रहेको छ ।
सदरमुकाममा आइसोलेशन अभाव भए संगै गोरखा क्याम्पसमा निर्माण गरिएको आईसोलेशन आज साँझसम्म निर्माण गर्ने र आज संक्रमण देखिएका २ पालिकाका संक्रमितलाई गोरखा क्याम्पसको आइसोलेशनमा राख्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक सुरेन्द्र पौडेले बताए ।
गोरखा सदरमुकामको गोरखा अस्पतालमा २५ वेडको आइसोलेशन मध्ये १ वेड मात्र खाली रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।





















