गोरखा समाचारदाता
सुर्खेत – गएको सोमबार सुर्खेतमा झुण्डिएर आत्माहत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । यो सहित कर्णाली प्रदेशमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ ।
मेहलकुनामा रहेको अस्पताल उनको शव पोस्टमार्टम गर्नु अघि स्वाब लिएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।
बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
मृत्तक युवती जेठ १२ गते श्रीमान र ३ वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी जाँच गर्दा नेगेटिभ आए पछि उनलाई घर पठाईएको थियो।
युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।




















