गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालमा उपचाररत कारोना संक्रमितहरुको अबस्था सामान्य रहेको छ ।
३ चरण गरी गोरखा अस्पतालमा उपचाररत २४ जनाको अवस्था स्थिर रहेको अस्पतालले जनाएको हो ।
गोरखा अस्पतालले आज एक सूचना जारी गर्दै अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २४ जना संक्रमितहरु सवैको अबस्था स्थिर रहेको जनाएको छ ।
अस्पतालका डा.सन्तोष वास्तोलाले जारी गरेको सूचनामा ‘सबै बिरामीहरुको स्वास्थ्य अबस्था हाल स्थित रहेको’ उल्लेख गरिएको छ ।
जिल्लामा हिजो १० जनामा कोरोना संंक्रमण पुष्टी भएसंगै अस्पतालको आइसोलेसन अहिले २४ जना कोरोना संक्रमितहरु उपचाररत छन् ।
जिल्ला पहिलो पटक गएको जेठ २४ गते १० जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो भने दोस्रो पटक ४ जनामा संक्रमणको पुष्टी भएको हो ।
संक्रमणको पुष्टी भएकाहरुलाई अहिले अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।





















