गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेका नियमित पत्रकार सम्मेलनमा आज एकै दिनमा ५८६ जनामा संक्रमण देखिएको जनाएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ जना पुगेको छ ।
मन्त्रालय प्रवक्ता डा.गौतमका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै गरी भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । भने जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
नियमित पत्रकार सम्मेलनमा आज सम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ ।
देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७९८ जना रहेका छन् । ५ हजार ९९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् ।
बुधबारसम्म १ हजार १६७ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


