एजेन्सी – भारत र चीनबीचको सीमामा विवादमा संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेको हो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गई सकेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गरेको बताइएको छ । महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा ‘भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ’ भनेका छन् ।
भारत र चीनबीचको गलवान भ्यालीस्थित लद्वाखमा सोमबार राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो ।
सोही बिषयलाई लिएर चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।




















