गोरखा समाचारदाता
अर्घाखाँची – अर्घाखाँचीमा आरडीटी पोजेटिभ आएका १ ब्यक्तिले आत्मा हत्या गरेका छन् ।
जिल्लाको शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माविको क्वारिन्टीनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् ।
जेठ १० गते भारतबाट घर फर्किएका बिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरी पठाइएको थियो । रिपोर्ट नआई सकेको अवस्थामा विकले झुण्डीएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताए ।
गएराति क्वारेन्टिन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । घटनाबारे अनुसन्धान भई रहेको प्रहरी कार्यलयले जनाएको छ ।


