गोरखा समाचारदाता
मुग्लीन – मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोलामा आज (बुधबारी) बिहान ४ः१५ बजे पहिरो गए पछि बाटो अबरुद्व भएको हो ।
अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।


