गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टी भउको छ ।
नवलपुर र पर्वतमा गरी २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जारी गरेको सूचना अनुसार नवलपुरमा १८ र पर्वतमा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
थपिएका सबै संक्रमित भारतबाट आएर स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेकाहरु भएको प्रबता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।




















