गोरखा समाचारदाता
बाँके – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संmक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा ज्यान गएको हो । अब नेपालमा यो सहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले कोरोना संक्रमित महिलाको उपचारको क्रममा ज्यान गएको पुष्टि गरे । मृत्तक महिलाको मंगलबार राति ८ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन आज (बुधबार) गरिने भएको छ ।
मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् । दायाँ फोक्सोमा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।




















