एजेन्सी – भारत र चीनका सेना बिच लद्दाखमा भउको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाउको पुष्टी भएको छ ।
दुवै देशको सिमा क्षेत्र लद्वामको गलवन घाटीमा दुवै देशका सेना विच भिडन्त हुदा भारत २० जना भारतीय सेनाका ज्यान गएको हो ।
भिडन्तका बारेमा दुई देशका सैनिकले एक–अर्कामाथि आरोपल लगाएका छन् । सोमवार राति लद्दाखको सीमावर्ति क्षेत्र गलवन घाटीमा दुवै देशका सेनाबीच भीडन्त भएको थियो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडन्तमा परी भारतीय सेनाका एक अधिकृतसहित २० जनाको ज्यान गएको भारत सरकारले पुष्टी गरेको छ । सोमवार राति डि एस्केलेसन प्रक्रियाका बेला दुई पक्षबीच भीडन्त भएको हो ।
भारतले चिनियाँ पक्षका कारण हिंसा भएको आरोप लगाएको छ भने चीनले भारतीय पक्षका कारण हिंसा भडकीएको आरोप लगाएको छ ।
यसैबीच चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सलाई उधृत गर्दै विदेशी सञ्चार माध्यमहरुले भिडन्तमा चीनतर्फ पनि ठूर्लै क्षति भएको जनाएको छ । तर चीन तर्फ के कति सेनाको ज्यान गएको हो त्यो भने उल्लेख गरिएको छैन ।
चिनियाँ पक्षले भारतीय सेना जबरजस्ती सीमा पार गरेको र एकतर्फी कारबाही गरेको आरोप लगाएको छ । उसले भारतलाई अनावश्यक आक्रोशमा नआउन र चीनको संयमतालाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिएको छ ।
भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुइ पक्षीय तनाव बढेको हो ।


