गोरखा समाचारदाता
काठमाण्डौं – म्याच फिक्सिङको आरोप लागेका सागर थापा सहितको सबैलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोपमा सर्वोच्च अदालतले सफाई दिएको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।




















