गोरखा समाचारदाता
काठमाण्डौं – भारतीय र चिनियाँ सैनिकबीच लद्दाख सिमाको विकट गलवान उपत्यकामा भिडन्त भएको छ । भिडन्तमा भारत तर्फ एक उच्च सैनिक अधिकारी सहित ३ जनाको ज्यान गएको छ ।
भिडन्तमा भारती सैनिकको ज्यान गएको भारत सरकारले पुष्टि गरेको हो।
भारती सरकारले दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थितिलाई सामान्य बनाउन वार्तामा रहेको भन्दै चिनियाँ सेनाको पनि ज्यान गएको जनाएको छ ।
समाचारसंस्था रोएटर्सका अनुसार चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको जनाएको छ ।
अर्को समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरे पछि जवाफी कारवाही गरेको जनाएको छ।
बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको ज्यान गएको पुष्टि गरेको छ।
भारतका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकमाथि आक्रमण गरे पछि दुई पक्षका सीमा सुरक्षा बलबीच भिडन्त भएको समाचारमा जनाइएको छ।
यता चिनियाँ सरकारले भने आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि पनि हताहत भएको दाबी गरेका छन्।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
गत मे महिनामा पनि दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।




















