गोरखा समाचारदाता
गोरखा – गोरखामा आज कोरोना पुष्टी भएका मध्ये ९ जना भारतबाट फर्किएका ब्यत्ति रहेका छन् ।
रोजगारीको लागि भारत गएका उनीहरु केही समय अगाडी मात्र गोरखा आएर क्वारिन्टीनमा बस्न थालेका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निदेशनालय रामघाट पोखराले आज जारी गरेको सूचना अनुसार गोरखामा १० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जस मध्ये नगरपालिकामा ८ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जना रहेका छन ।
संक्रमण हुने १० जना नै क्वारिन्टीनमा बस्दै आएका ब्यत्तिहरु हुन् । बारपाक सुलिकोट गाउँपालिका महामारी फोकल पर्सन कृण्ण भट्टका अनुसार कोरोना संक्रमण देखिएका २ जना वडा नम्बर ६ का हुन् । उनीहरु बिगत केही साता देखी भारतबाट फर्किएर सुर्य ज्योति मावि ताकुकोटमा बस्दै आएका थिए ।
बारपाक सुलिकोटले ३२ जनाको स्वाब पठाएको मध्ये २ जनामा संक्रमण देखिएको हो । फोकल पर्सन भट्टका अनुसार जेष्ठ ३१ गते हिमालय सुर्य ज्योति मावीका ४१ जनाको स्वाब संकलन गरी पठाईएकोमा १९ जनाको रिर्पोट आएको र त्यस मध्ये २ जनामा संक्रमण देखिएको हो ।
पालिकाले हिमालय मावि सौरपानी, सुर्य ज्योति मावि ताकुकोट र शैलपुत्री मावि पाँचखुवा देउरालीमा क्वारिन्टीन सञ्चालन गर्दै आएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिकामा संक्रमण देखिएका ८ जना मध्ये वडा नम्बर ११ को २ जना, वडा नम्बर १ को २ जना, वडा नम्बर १३, ३ र ६ का १÷१ जनामा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।
गोरखा नगरपालिकामा पनि वडा नम्बर ३ बाहेकका अन्य सबै भारतबाट रोजगारी गरी केही साता अघि मात्र फर्किएर टक्सारको मनकामना आवासिय विद्यालयमा बसेका ब्यक्तिहरु हुन् ।
नगरपालिकाका स्वास्थ्य प्रमुख रेग्मीका अनुसार जेष्ट २३ गते १५ जनाको स्वाब पठाईएकोमा ३ जना र ३० गते २२ जनाको स्वाब पठाईएकोमा ४ जनाको कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेश ल्याबले पठाएको नाम मिलेन, गोरखा नगरपालिकामा ७ जनामा मात्र संक्रमित
स्वास्थ्य प्रमुख रेग्मीले गण्डकी प्रदेशको ल्याबबाट पठाईको ८ जना मध्ये १ जनाको नाम नै नमिल्ने जानकारी दिए ।
‘उताबाट प्राप्त पत्र हेरेर हामीले बिहान भरी मानिसको आईडेन्टीफाई गरयौ तर १ जनाको नाम नै मिल्दै । हामीले प्रदेश खबर गरेका छौ’ स्वास्थ्य प्रमुख रेग्मीले भने ।
उता गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रबत्ता डा. बिनोद बिन्दु शर्मा संग यस बिषयमा बुझदा फरक परेको ब्यक्तिको नामको बिषयमा अध्ययन भई रहेको बताए ।




















