गोरखा समाचारदाता
गोरखा – प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षकलाई हेरफेर गरे संगै गोरखाको प्रहरी प्रमुख समेत फेरीने भएका छन् ।
कार्यअवधि पूरा भएको भन्दै प्रधान कार्यालयले गोरखा प्रहरी प्रमुखलाई चितवन सरुवा गरेको छ भने उनको स्थानमा अपराध अनुसन्धान महाशाखाबाट पठाईएका हुन्
प्रधान कार्यालयले सार्वजनिक गरेका सूचना अनुसार गोरखाका ओमप्रसाद अधिकारीलाई चितवन सरुवा गरिएको छ भने गोरखामा सुरेन्द्रबहादुर गुरुङलाई पठाईएको छ ।
अधिकारीलाई चितवनमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयमा भरतपुरमा सरुवा गरिएको छ ।




















