गोरखा समाचारदाता
गोरखा – गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिकाको ८ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (मंगलबार) बिहान ६ः२५ बजे जारी गरेको सूचनामा गोरखा नगरपालिकामा ७ पुरुष सहित १ महिला र बारपाक सुलिकोट गाउँपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवत्ता डा.बिनोदबिन्दु शर्माका अनुसार गोरखा नगरपालिकाको ३२, ३५, २१, ३६, ५३, २९ र २५ बर्षका पुरुष रहेका छन् भने ३१ बर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकाको ५३ र २५ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित सबैलाई गोरखा अस्पतालको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।



