गोरखा समाचारदाता
काठमाण्डौ – सोमबार देशभर ४५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशको विभिन्न जिल्लामा गरी ४५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रबत्ता डा.जागेश्वर गौतमले आजसम्म कोरोना संक्रमित मध्ये १ हजार ४१ उपचार पछि घर फर्किएको जानकारी दिए ।
जसमा ९३७ पुरुष र १०४ जना महिला रहेका छन् ।


