गोरखा समाचारदाता
पोखरा – पर्वतको कुश्मामा क्वारेन्टिनमा लैजाँदै गर्दा १ जना पुरुषले भीरबाट हामफालेर ज्यान गुमाएको छ ।
कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेका उनको पोखरामा उपचारको लागि लादै गर्दा ज्यान गएको हो ।
बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले आज (सोमबार) बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए ।
गम्भीर घाइते उनको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको पर्वत प्रहरीले जनाएको छ ।


