गोरखा समाचारदाता
काठमाण्डौं – अचानक मौषममा आएको परिवर्तनका कारण गण्डकी प्रदेश संगै देशको विभिन्न भागमा बर्षा हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान जारी गर्दै गण्डकी प्रदेश र देशको अन्य भू–भागमा बर्षा हुन थालेको जनाएको हो ।
महाशाखाका अनुसार आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
बिहान कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।
यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ र हावाहुरी तथा वर्षाको सम्भावना रहेको छ ।


