गोरखा सामचारदाता
काठमाडौं – असार ७ गते सूर्यग्रहण लाग्दै छ ।
आईतबार परेको सुर्य ग्रहण बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह २ बजेर २४ मिनेटमा समाप्त हुने छ ।
सुर्य ग्रहण लागेको हेर्न लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोल बिद जयन्त आचार्यले बताए ।
सोही सुर्य ग्रहण राजधानीबाट भने ८८ प्रतिशतसम्म मात्र देख्न सकिने छ ।
सुर्य ग्रहण लागेको दिन तापक्रम घटेर चिसो अनुभव हुने अनुमान गरिएको छ ।
धर्मशास्त्र अनुसार सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ ।




















