गोरखा समाचारदाता
पोखरा – तनहुँका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको घिरिङ गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएका ५ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।
गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोदविन्दु शर्माले जारी गरेको सूचनामा संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको छ ।
तनहुँमा यस अघि पनि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।




















