गोरखा समाचारदाता
काठमाण्डौं – अब देखी निजी ल्याबहरुले पनि कोरोना परिक्षण गर्न पाउने भएका छन् ।
सरकारका प्रयोगशालाहरुमा मात्र कोरोना संक्रमण परीक्षण सम्भव नदेखिए पछि निजी ल्याबलाई समेत कोरोना परिक्षण गर्न दिने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवत्ता डा.जागेश्वर गौतमले पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई जाँच्न दिइने र त्यसको खर्च नेपाल सरकारले ब्यहोर्ने बताएका हुन् ।
यो निर्णय संगै निजी ल्याबहरुले अब कोरोना परिक्षण गर्न पाउने भएका छन् भने अहिले देखिएको ढिला सुस्तीमा सुधार आउने विश्वास गरिएको छ ।




















