गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)का कारण आईतबार मात्रै ४२५ जनामा संक्रमण देखिएको छ ।
देशको विभिन्न जिल्लामा ४२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० जना पुगेको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले आज सम्म आईसोलेशनमा उपचारत कोरोना संक्रमित मध्ये ९७४ जना उपचार पछि घर फर्किएको जानकारी गराए ।





















