गोरखा समाचारदाता
काठमाण्डौं – काठमाडौं प्रशासनले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ ।
विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था प्रशासन कार्यालयले गरेको हो ।
यात्राका लागि जुन स्थानिय पालिकामा बसोबास रहेको छ सोही पालिकाले प्रवेशको लागि दिएको अनुमति चाहिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज (आईतबार) जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
जिल्लाभित्र जोरबिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको कार्यालयले जनाएको छ ।


