गोरखा समाचारदाता
गोरखा – सरकारले लागु गरेको सवारी साधानको जोरबिजोर प्रणाली देशै भरी लागु हुने भएको छ ।
लकडाउन खुकुलो गर्न सवारी साधानका लागि लागु गएिको जोर बिजोर देश ब्यापी रुपमा लागु गरिएको हो । यो नियम गोरखा जिल्लामा आजै देखी लागु गरिएको छ ।
४ पाग्रें सवारीको हकमा एउटा सवारीमा बढीमा ३ जना र मोटरसाईकलमा १ जनाले मात्र यात्रा गर्नपाउने छ ।
जोर बिजोर नम्बर भने गतेको आधारमा तय गरीएको छ । १ गते बिजोर नम्बरको सवारी चलान पाईने छ भने २ गते जोर नम्बरको मात्र सवारी चलाउन पाईने छ ।




















