गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल प्रहरीले काठमाडौं उपत्यकाका २ भिन्न भिन्न स्थानबाट चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले ठुलो मात्रामा कोठामा लुकाएर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।
प्रहरीले गएको शुक्रबार पार्टीका ललितपुरका नेता सानुराजा बज्राचार्यलाई प्रहरीले पक्राउ गरेपछि ललितपुर महानगरपालिका ११ इखाछे र काठमाडौंको तार्केश्वर नगरपालिका ११ नेपालटारबाट ठुलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो ।
पक्राउ परेका बज्राचार्यलाई हातहतियार तथा खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।




















