गोरखा समाचारदाता
काठमाण्डौं – केही समय यता भारतमा चर्चित कलाकारले ज्यान गुमाएको खबर सेलाउन नपाउदै आज सुशांत सिंह राजपुतले समेत आत्माहत्या गरेका छन् ।
३४ बर्षका राजपुरले आत्माहत्या गरेको भारतिय सञ्चार माध्यामहरुले पुष्टी गरेको छ ।
राजपुतको आत्माहत्या संगै भारतिय सिने जगतमा शोक छाउन थालेको छ ।
यस अघि पनि भारतिय चलचित्र क्षेत्रका ख्याति प्राप्त कलाकारहरु इरफान खान, ऋषि कपुर र बाजिद खानको ज्यान गई सकेको छ ।
उनले किन आत्माहत्या गरे भन्ने बिषय भने अहिले सम्म पनि खुल्न सकेको छैन । भारतीय प्रहरीले राजपुतले किन आत्माहत्या गरे, त्यसको अनुसन्धान भई रहेको जनाएको छ ।


