नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको ज्यान गएको छ ।
गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु. १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट मा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताए ।
शर्मा संगै गाडीमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । स्कारपियो बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो ।
अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादै थिए । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।
गाडी अध्यक्ष शर्मा आफैले चलाएका थिए ।



