गोरखा समाचारदाता
पर्वत – पर्वतको कुस्मामा गए राती पहिरो जादा पुरिएर ५ जनाको ज्यान गएको छ ।
कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोदा ५ जनाको ज्यान गएको हो ।
शनिवार साँझ झण्डै दुईघन्टासम्म परेको मुसलधारे पानीपछि पहिरो गएको हो । स्थानीयका अनुसार झण्डै ३०० मिटर भन्दा माथिबाट पहिरोले घर पुरिदा पुरिएर दिपा थापा, कमला विक, तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र १० बर्षिया नातिनि विविशा थापाको ज्यान गएको हो । दिपा र कमलाको आज (शुक्रबार) बिहान शब फेला परेको थियो भने तुलबहादुर, मीनकुमारी र विविशाको भने हिजै साँझ शब फेला परेको पर्वत प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर अन्य ४ जना हराइरहेका छन् । हराइरहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक हराई रहेका छन ।




















