गोरखा समाचारदाता
गुल्मी – गुल्मीमा आज १ जना कोरोना सङ्क्रमित ब्यक्तिको ज्यान गएको छ ।
जिल्लाको रेसुंगा नगरपालिकाको आइसोलेशनमा उपचार भई रहेको १ पुरुषको ज्यान गएको हो ।
रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका पुरुषको शनिबार राति ज्यान गएको हो ।
जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार भईरहेको थियो ।
शवलाई राति नै नेपाली सेनाको सहयोगमा व्वस्थापन गरिएको छ। मृत्तक क्यान्सर रोगले पीडित भएको बुझिएको छ ।
गुल्मीमै यस अघि पनि मदाने गाउँपालिका ६ का १ जना शिक्षकको पनि कोरोनाका कारण उपचारको क्रममा ज्यान गएको थियो ।


