गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)का कारण सनिबार २७३ जनामा संक्रमण देखिएको छ ।
देश भरको विभिन्न जिल्लामा गरी उत्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयको आज भएको नियमित पत्रकार सम्मेलनमा प्रवत्ता डा.जागेश्वर गौतमले सनिबार देशमा २७३ जनामा कोरोना संक्रमण देखिएको बताए ।
प्रबत्ता डा.गौतमका अनुसार संक्रमित मध्ये शनिबार २६ जना स्वास्थ्य उपचार पछि घर फर्किएका छन् ।
यो सँगै कोरोना जित्नेको संख्या ९१३ पुगेको छ । ्
शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् ।




















