गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण फेरी अर्का २ जनाको ज्यान गएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ जनाको ज्यान गएको पुष्टि गरेको हो । यो सहित नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा र बाराम्ँ १/१ को ज्यान ग्एको हो ।
पर्सा वीरगज्जका २५ वर्षीय पुरुष र बाराको निजगढ नगरपालिका ६ का ५ वर्षीय बालककको ज्यान गएको छ।
उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भएको थियो ।




















