गोरखा समाचारदाता
काठमाण्डौं – वीरगन्जको घण्टाघर क्षेत्रमा कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको छ ।
गएको बुधबार ज्यान गएको उनको शुक्रबार मात्र कोरोना संक्रमण भएको पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १७ पुगेको छ ।
अन्दाजी २५ वर्षका जस्ता देखिने ति युवकको नाम, ठेगाना हाल सम्म पनि खुल्न सकेको छैन ।
मृक्तक ब्यक्तिको जेठ २८ गते वेवारिसे अवस्थामा घण्टाघर क्षेत्रमा शब भेटिएको थियो ।
उनको शवलाई नारायणी अस्पतालमै राखिएको छ।




















