गोरखा समाचारदाता
वीरगन्ज – वीरगन्जको घण्टाघर क्षेत्रमा मृत अवस्थामा भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
मृत्तक ब्यत्तिमा शुक्रबार साँझ संक्रमण पुष्टी भएको नारायणी अस्थायी अस्पताल जनाएको हो।
२५ वर्षका जस्ता देखिने ति युवकको परिचय अहिले सम्म खुल्न सकेको छैन । उनको शवलाई नारायणी अस्पतालमै राखिएको छ।
उनको गएको बुधबार अर्थात जेठ २८ गते वेवारिसे अवस्थामा घण्टाघर क्षेत्रमा शब भेटिएको पर्सा प्रहरीले जनाएको छ ।




















