गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशको पर्वत र नवलपुरमा ५ जनामा कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
पर्वतमा ४ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान जारी गरेको सूचनामा पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ ।
उनीहरु कुश्मा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । सबैलार्य जिल्लास्थित क्वारेन्टाइनमा लैजाने तयारी भैरहेको छ ।
उता नवलपुरको मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । मध्यविन्दु नगरपालिकाको क्वारेन्टिनमा रहँदै आएका उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।




















