गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरसबाछ आज एकै दिनमा ४४८ जना संक्रमित भएका छन् ।
देशको विभिन्न जिल्लामा गरी ४४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पुष्टी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज (शुक्रबार) एकै दिनमा ४४८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै अब नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा संक्रमितको संख्या अहिले सम्मकै बढी भएको जानकारी गराएको छ ।


