गोरखा समाचारदाता
पर्सा – पर्साको धोबनी गाउँपालिकाको क्वारेन्टिनबाट भागेका ४६ जना मध्ये ३द्द जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
लामो समय सम्म पनि स्वाब परीक्षण रिपोर्ट नआएको र व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु गएराति भागेको हो ।
२८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरुको पीसीआरका लागि एक साताअघि स्वाब संकलन गरिएको थियो । लामो समय सम्म रिपोर्ट पनि नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर गए राती भागेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
भागेका मध्ये ३२ जनालाई नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमा राखि सकिएको इलका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । अन्यको खोजी भइरहेको छ । भारतबाट फर्केर क्वारेन्टिनमा बस्नेहरु भागेपछि स्थानीयमा त्रासमा छन् ।


