गोरखा समाचारदाता
दाङ – दाङको धनबास गुन्द्री बजारमा एक युवकले त्रिशुल प्रहार १ जनाको ज्यान गएको छ ।
जिल्लाको बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीलाई स्थानीय बालीराम ओलीले त्रिशुल प्रहार गर्दा ज्यान गएको हो ।
त्रिशुल प्रहारबाट गम्भिर घाईते डाँगीको उपचारको क्रममा अस्पताल लैजादै गर्दा वाटोमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीलाई प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
ओलीले आफैंलाई पनि त्रिशुल प्रहार गरी घाइते बनाएका छन । उनको तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


