गोरखा समाचारदाता
गोरखा – सरकारको कार्यशैली प्रति गोरर्खाली युवाहरुले मौन बिरोध जनाएका छन् ।
गोरखा सदरमुकामको लोकतान्त्रिक चोकमा उनीहरुले मौन बिरोध जनाएका हुन् ।
स्वत स्फूर्त रुपमा जम्मा भएका सयौं युवाहरुले हातमा प्ले काड बोकेर लोकतान्त्रिक चोकको सडकमा बसेर बिरोध जनाएका थिए ।
कोरोना कहरका बेला पनि सरकार जनता प्रति गैर जिम्मेवार भएको र भ्रष्ट्राचारमा लिप्त भएको भन्दै युवाहरुले प्ले कार्ड मार्फत बिरोध गरेका थिए ।
बिहान १० बजे देखी सडकमा बसेर उनीहरुले बिरोध गरेका थिए ।
युवाहरुले बिरोध अवधीभर राष्ट्रगान लगाउदै बिरोध गरे ।








